IN LOVING MEMORY OF

Pabitra

Pabitra Bhujel Profile Photo

Bhujel

August 1, 1944 – January 26, 2019

Obituary

हाम्रो आदरणीय आमा पबित्र भुजेल ७५ वर्षको उमेरमा ज्यानवारी २६ तारिक सनिबारको दिन बेलुका ७ बजे आफन्त सबैलाई छोडी प्रभुमा सुत्नु भयो। आमा पबित्र भुजेल अगस्ट १ तारिक सन् १९४४ मा भुटानको चिरांग माने डाडा नामक सुन्दर गाउमा जन्मनु भएको थियो। सन् १९६४ मा श्री सह बहादुर भुजेल संघ उहाको बिबाह भएको थियो। उहा सन्तानको निकै धनि हुनुहुन्थ्यो जस्तो उहाको ४ छोराहरु अनि ४ छोरीहरु छन्। त्यसमा पनि उहाको ३ जना छोरि सरह बुहारीहरु र ३ जना छोरा सरह ज्वाईहरु छन्।बुडेसकालमा फेरी पनि बालापन याद दिलाउन अनि उमेरमा धेरै भए पनि फेरी पनि बालापन जिउनलाई उहाले आफ्नो छोरा बुहारीहरु अनि छोरि ज्वाईहरुबाट १९ नातिनातिनाका प्रेमिलो हजुरआमा बन्नुभएको थियो। हरेक जीवित मानिसले आफु जीवित छदै सन्तानले डाडाकाडा ढाकेको अनि पुस्ता देखि पुस्तासम्म सन्तान बढेर गएको देख्न चाहना राख्ने अनि त्यो पुरा हुने बिरलै हुन्छ। हाम्रो आमा पबित्र भुजेल ति बिरलै बाट एक हुनुहुन्छ कारण उहाले आफ्नो छोराबुहारी, छोरिज्वाई बाट मात्र होइन तर नाता नातिना अनि नातानातिना बुहारी साथै पनातिहरुबाट समेत धेरै माया पाएको थियो। आमा पबित्र भुजेल जिउले सन् २०११ को डिसेम्बर महिनामा येशु ख्रिस्टलाइ विश्वास गरि अनि मुखले मुक्तिदाता भनि सुइकार गरि आफ्नो नाम जीवनको पुस्तकमा लेखाइ सक्नु भएको थियो। उहा ग्रेस नेपाली ब्यप्तिस मण्डलीमा पास्टर राज घिमिरेको गोठालोपनमा सेवकाई गरिरहनु भएको थियो! उहॉ आफनो सन्तानको धेरै ख्याल राख्नु हुन्थ्यो, अझ आफ्नो नातिनातिनालाई धेरै माया गर्नु हु्नथ्यो! उहॉ मिलनसार साथै आफ्नो घॉसलाई समेत आधा आधा गरि बॉडिचुडि खाने स्वभावको हुनुहुन्थ्यो! उहॉ परिवारलाई सफलता पुर्वक हुर्क्याउनु हुने एक महान प्रभुको छोरी हुनुहुन्थ्यो! धर्मीजनले आफ्नो सन्तानको निम्ती सम्पति छाडिराख्छ भने झै आमा पवित्र भुजेल ज्युले पनि संसारको दौडमा सफलता साथ दौडेर आफ्ना सन्तानलाई एउटा ठुलो सम्पति आफ्नो जीवनबाट छाडिजानुभयो! सॉच्चै नै उहॉको जीवन यात्रालाई हेर्दा यस्तो कुरा सावित हुन्छ कि परमप्रभुका पवित्रजनको म्रित्यु उहॉको दि्स्टीमा अनमोल छ।

Visitation is from 10:00 am until 11:00 am, on  Thursday, January 31, 2019, at the Walker Funeral Home - Mt. Healthy, 7272 Hamilton Avenue , Mt. Healthy  (45231).   The funeral service will immediately follow the visitation beginning at 11:00 am.

Interment will follow at Vine Street Hill Cemetery, 3701 Vine Street, Cincinnati, Ohio 45220.

To share a memory of Pabitra or leave a special message for the Bhujel family, please click the "Tribute Wall" tab above and to the right, enter the information, and click "Save Post."

Walker Funeral Home, 7272 Hamilton Avenue, Mt. Healthy (45231)  is serving the  Bhujel family.  Please call (513) 251-6200 or visit www.WalkerFuneralHome.com for additional information.

To order memorial trees or send flowers to the family in memory of Pabitra Bhujel, please visit our flower store.

Pabitra Bhujel's Guestbook

This site is protected by reCAPTCHA and the
Google Privacy Policy and Terms of Service apply.

Service map data © OpenStreetMap contributors